एक करोड ६० लाखको लागतमा बलरामा विद्यालय भवन बन्ने

0 302

बलरा-सर्लाहीको बलरा नगरपालिकामा एक करोड ६० लाखको लागतमा विद्यालय भवन बन्ने भएको छ ।बलरा नगरपालिका वडा नं. ८ बालुवाभारमा रहेको श्री प्राथमिक विद्यालयमा नगरपालिकाको लगानीमा ८ काठे भवन निर्माण हुने बलरा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले जनाएको छ ।विद्यालय भवनको शिलान्यास आज नगर प्रमुख रामाशंकर कुशवाहले गर्नुभएको छ ।उक्त विद्यालयमा भवनको अभावमा पठन पाठनमा समस्या भैरहेको थियो, भवन निर्माण भएपछि अब सहज हुने नगर प्रमुख कुशवाहाले बताउनुभयो ।शिलान्यास कार्यक्रममा नगर प्रमुख रमाशंकर कुशवाह, प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, बलरा वडा नंबर-१० का वडा अध्यक्ष दिनेश कुश्वाहा, बलरा वडा नंबर-८ का वडा अध्यक्ष छितनु साह लगायतको सर्ब साधारणको उपस्तिथि रहेको थियो।

Comments
Loading...