जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा भोलीदेखि सूचारु हुने

0 356

मलंगवा – जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा भोली (शुक्रबार) बाट सूचारु हुने भएको छ ।कार्यालयमा गएको मंगलबार विद्युत् सर्ट भएर आगलागी भई विभिन्न उपकरणमा क्षति पुग्नुका साथै कार्यालयको पूरै वाइरिङ जलेपछि कार्यालयले सेवा अवरुद्ध गरेको थियो । क्षतिग्रस्त वाइरिङ मर्मतको काम पूरा भएको र नागरिकता प्रतिलिपी फाँटमा कम्प्युटर, प्रिन्टर तथा स्क्यानरको व्यवस्था समेत मिलाएर भोली शुक्रबारदेखि सेवा नियमित गर्न लागिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताएका छन् ।

Comments
Loading...