बसबरीया गाउँपालिका वार्ड नं १ का घरपरिवारलाई ग्यास , तथा चुल्हो बितरण

0 276

सर्लाही : सर्लाहीको बसबरीया गाउँपालिकाले गरिब तथा विपन्न परिवारलाई खाना पकाउने ग्यास सिलिण्डर र चुल्हो सेट वितरण शुरु गरेको छ । । धुवाँमुक्त गाउँ अभियान कार्यक्रमअन्तर्गत पालिकाले वडा नं १ का विपन्न परिवारलाई एक घर एक सिलिण्डर र चुल्हो सेट सँगै रेगुलेटर, पाइप र लाइटरलगायतका सामग्री समेत निःशुल्क प्रदान गरिएको बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहास रायले जानकारी दिए ।परम्परागत तरिकाले दाउराले खाना पकाउँदा त्यसबाट निस्केने धुँवाले गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने भएकाले आर्थिक वर्ष २०७९/८० को गाउँसभाबाट स्वीकृत गरेर २ हजार ७ सय १५ सेट सिलिण्डर र चुल्हो खरिद गरी वितरण गर्न शुरु गरिएको बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहास रायले जानकारी दिए ।उनका अनुसार वडा नं १ का स्थानीयको आवश्यकताबमोजिम वडामा ग्यास र चुल्हो गरी ५३३ सेट माग गरिएको छ । सो सामग्री प्राथमिकताको आधारमा गरिब, विपन्न, मजदुर, अपाङ्ग, एकल महिलालाई वितरण गरिँदै छ भने पछि फेरि वडाले आवश्यकताको आधारमा माग गरे थप्न सकिने छ ।अध्यक्ष रायले धुँवामुक्त गाउँ अभियान कार्यक्रमअन्तर्गत पालिकाका ६ वटै वडामा ग्यास सिलिण्डर र चुल्हो सेट निःशुल्क वितरण गरिने योजना रहेको बताए ।

Comments
Loading...