सीमावर्ती बजार सोनवर्षामा नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर

0 388

सर्लाही-नेपाल तथा भारतका सीमावर्ती बजारहरूमा फेरि ५ महिनाको अन्तरालपछि भारतीय रुपैयाँको तुलनामा नेपाली रुपैयाँ बलियो भएको छ । दुई सातायता मलंगवा र सीमावर्ती भारतीय बजार सोनवर्षा मा समेत नेपाली रुपैयाँको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो ।मलंगवाका व्यापारीहरूले हाल पनि ग्राहकबाट सकेसम्म भारु लिन मानिरहेका छैनन् । सामान्य अवस्थामा सबैभन्दा बढी भारु लेनदेन हुने मलंगवाका प्रायः सबै पेट्रोलपम्पले अहिले सूचना नै टाँसेर भारु नलिने बताएका छन् ।भारत सरकारले हालै २ हजार दरको भारु नोटबन्दी गरेपछि पनि मलंगवाका व्यापारीहरू भारुमा विनिमय गर्न हच्किएको हुन सक्ने मलंगवा का एक व्यापारीले जानकारी दिनुभयो । उहाँले स्थिति सामान्य हुँदा मलंगवाका व्यापारीहरूका लागि भारु आकर्षण नै हुनेमा जोड दिनुभयो ।भारु २ हजारको नोटलाई भारत सरकार आफैंले बजारबाट फिर्ता लिने घोषणा गरिसकेकोले भारुका अन्य दरका नोट पनि भारत सरकारले बजारबाट फिर्ता लिने घोषणा अचानक गर्न सक्ने त्रासले भारु नोट लिन व्यापारीहरू हच्किएका हुन सक्ने उहाँको अनुमान छ । हाल मलंगवा र सोनवर्षामा १ सय रुपैयाँ भारुको मूल्य १ सय ५५ नेपाली रुपैयाँसम्म झरेको छ । सामान्य अवस्थामा १ सय भारुको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुने गर्छ ।

Comments
Loading...