सर्लाहीमा मादक पदार्थ बिक्री वितरण गर्न रोक

0 560

निरज यादव/रेडियो बन्धन
जिल्ला प्रशासन कार्यालय सर्लाहीले मादक पदार्थको ओसारपसार, बिक्री वितरण तथा सेवन कार्यलाई निषेध गरेको छ। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले विहीवार एक सूचना जारी गर्दै मादक पदार्थ बिक्री, वितरण, ओसार पसार र सेवन निषेध गरिएको जनाएका छन्।मंसिर ४ गते हुने प्रदेश सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार मादक पदार्थको बिक्री र सेवनलाई निषेध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जनाएका छन्।कात्तिक २७ देखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मको लागि जिल्लाभर मादक पदार्थको बिक्री, ढुवानी तथा सेवन कार्य निषेध गरिएको हो। आइतवार बसेको जिल्ला सुरक्षा समितिको बैठकबाट मादक पदार्थको बिक्री, ओसारपसार र सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी गराएका छन्।

Comments
Loading...