गाउँपालिका अध्यक्ष यादवले क्रूरताको हद पार गर्दै , तलब नपाएर शिक्षक कर्मचारीको चुलो समेत बल्न नसक्ने अवस्थामा

0 2,195

सर्लाही-सर्लाहीको विष्णु गाउँपालिकामा चुनाव भएको झन्डै ७ महिना हुन लाग्दा पनि गाउँसभा नभएर बिकासका काम ठप्प भएको छ। विष्णु गाउँपालिका का गापाका अध्यक्ष जबाहरलाल यादव ले आफ्नो स्वार्थ पूरा हुन नसक्दा नगर सभा गर्नमा रोक लगाएको केही वडा अध्यक्ष तथा सदस्यहरुको भनाइ रहेको छ।आफ्नो भागबन्डा नमिल्दा नगरसभा नगर्ने बहानामा कार्यालय छोडी बाहीर बाहीर लुक्दै बसेका भनाइ वडा अध्यक्षहरुका छन। हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैमा विष्णु गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारी हरु तलब भत्ता नपाउदा उनीहरुको यसपालिको दशै पनि बेतलबी दशै जस्तो बित्यो ।तिहार र छठमा तलब पाउने आशमा गाउँपालिका गएर तलबका लागि माग गर्नु र धर्ना दिनुको सट्टा आफ्नो काममा इमानदारीसाथ निरन्तरता दिइराखे तर पनि तलबको लागि कुनै आशा देखा परेन । मधेसमा मनाउने हिन्दुहरुको सबैभन्दा ठूलो पर्वको रुपमा दिपावली र छठ लिइन्छ ,यो पर्व अलि खर्चिलो पनि हुन्छ । तर यस्ता ठूला चाडपर्वको बेलामा पनि जहानिया शासन जस्तो प्रमुख यादवले मानवताको रुपमा पनि अलि विचार पुर्याउन सकेन फलस्वरूप सरकारी जागिरे भएर पनि तलब नपाएर ॠण खोज्न विष्णु गापाका कर्मचारीहरु अरुको ढोका ढकढक्याउन थाले । गाउँघरको चकृय व्याज अर्थात रु। १०० को महिनामा ३ देखि ४ रुपैया ब्याजको दरमा ऋण लिएर आफ्नो पर्व मनाएर परिवारसँग खुशी साटासाट गरे । छ्ठ पछि कार्यालय र बिधालय खुल्यो शिक्षक देखि कर्मचारीहरु आफ्नो कर्तव्य र काम इमानदारीका साथ फेरि सुरु गरे तर आफ्नै नगरका कर्मचारीको घर कसरी चल्दैछ ? कसरी ३/३ वटा पर्व बिना तलबको मनाए होलान भन्ने कुराको आभास गापा अध्यक्षलाई भएन । गाउँपालिकाका कयौं कर्मचारी र शिक्षकले छोराछोरीलाई पैसा नतिरेको कारण बिधालयबाट निकालेका समस्या पनि झेल्दै छन । बिगत ७ महिना देखि तलब नपाएर बाहिर बस्ने कर्मचारी हरुलाई त गाडीमा हाल्ने पेट्रोलको पैसा समेत तिर्ने अवस्था नभएर तनावमा छन । विभिन्न किसिमका आर्थिक समस्या भए पनि त्यहाँका कर्मचारी शिक्षकहरु आफ्नो कर्तव्यबाट एक पाइला पनि पछाडी हटेका छैन भने गापा अध्यक्ष यादव कानमा तेल हालेर बसेका छन । आर्थिक वर्ष ०७९र०८० को वजेट आएको ५ महिना बितिसक्दा पनि गाउँसभा हुन नसक्दा सबै बिकासका काम ठप्प भएको छ ।

Comments
Loading...