कार्यविधि निर्माणका लागि मलंगवामा कार्यशाला गोष्ठी सम्पन्न

0 439

सर्लाही- सर्लाहीको सदरमुकाम मलंगवामा कौडेना गाउँपालिकाको लागि स्थानीय तहमा आपातकालिन कार्यसंचालन केन्द्रको कार्यविधि निर्माणका लागि कार्यशाला गोष्ठी शुक्रवार सम्पन भएको छ।आपतकालिन कार्यसंचालन केन्द्रको कार्यविधि निर्माण गर्ने,केन्द्रको काम कर्तव्य र अधिकारको जानकारीको साथै विपद व्यवस्थापनलाई सामाजिक सुरक्षासँग कसरी जोड्ने,केन्द्रको संरचना कस्तो हुने,विपद परेको बेला समन्वय कसरी गर्ने ,सुचना को अदान प्रदान कसरी गर्ने लगायतका विषयमा जानकारी गराउने उदेश्यले गोष्ठीको आयोजना गरिएको राष्ट्रिय रोजगार केन्द्रका फिल्ड अफिसर दिपेश चौधरीले जानकारी दिए।आर.आर.पि.के मलंगवा र कौडेना नगरपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा सम्पन्न भएको उक्त गोष्ठीमा सहभागी भएका सहभागीहरुलाई सहजकर्ता संतोष न्यौपानेले सहजिकरण गरेका थिए।आर.आर.पि.के मलंगवाका अध्यक्ष गायत्री यादवको अध्यक्षता तथा कौडेना गापा का प्रमुख प्रशासकीय अधिकृत शम्भु यादवको प्रमुख आतिथ्यतामा अध्यक्षता शुक्रवार मलंगवा स्थित महेन्द्र होटलमा सम्पन्न भएको गोष्ठीमा पालिकाका वडाअध्यक्ष,वडासदस्य,विभिन्न शाखाका शाखा प्रमुख,शुरक्षाकर्मी,पत्रकारहरु लगायतको सहभागीता रहेको थियो।

Comments
Loading...