चक्रघट्टामा निःशुल्क लोकसेवाको कक्षा सञ्चालन हुने

0 418

निरज यादव/
सर्लाही: सर्लाहीको चक्रघट्टा गाउँपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। तीन महिनाको लागि गाउँपालिकाले युवाहरूका लागि सो कक्षा निःशुल्क सञ्चालन गर्ने भएको हो।चक्रघट्टा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत संजीव यादवले आजबाट फारम भर्न सुरु भएको जानकारी गराए। उनले पुस २१ गतेसम्म फारम भर्न पाउने जनाएका छ। सूचनामा वार्षिक बजेट तथा कार्यक्रमअनुसार गाउँपालिकामा स्थायी बसोबास गर्ने,लोकसेवाको तयारी कक्षा लिन इच्छुक युवा युवतीलाई सहयोग गर्ने उद्देश्यले निः शुल्क लोकसेवा तयारी कक्षाको संचालन गर्न लागेको उनको भनाइ छ। त्यसका लागि १८ वर्ष उमेर पूरा भएको, SEE/SLC उत्तीर्ण गरेको तथा सम्बन्धित वडा कार्यालयको सिफारिस जरुरी रहेको गाउँपालिकले जनाएको छ।

Comments
Loading...