समानुपातिक सांसद मिना यादवलाई ५१ किलाेकाे मलाले भव्य स्वागत

0 482

निरज यादव/
सर्लाही-नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रणाली मार्फत प्रतिनिधि सभा सदस्यमा निर्वाचित मिना देवि यादवलाई गृह जिल्ला सर्लाहीमा भव्य स्वागत गरिएको छ ।सांसद मिना देवि यादव बुधबार गृह जिल्ला सर्लाही आएका हुन् । दिउँसो १२ बजे सर्लाहीको बरहथवा-१ नयाँ बजार पुगेकी सांसद यादवलाई भव्य स्वागत गरिएको हो।सांसद यादवको स्वागतमा ठूलो संख्यामा शुभचिन्तक तथा आफन्तहरु बाजागाजा सहित बरहथवाको नयाँ बजारमा पुगेको थियो । हातमा फूलमाला बोकेर लामबद्ध लागेका शुभचिन्तकहरुले उनलाई स्वागत गरेका थिए ।सांसद पदमा निर्वाचित पछि पहिलो पटक गृह जिल्ला सर्लाही पुगेकी वहाँलाई नयाँ बजार देखि स्वागत समान गरिद जिल्लाको विभिन्न स्थानमा स्वागत तथा बधाई कार्यक्रम गरिएको छ। बधाईका लागि सांसद यादवको गृह नगर रामनगर-५(बिर्ता) मा पनि पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकहरुको भिड ओर्लिएको छ।समानुपातिक प्रणाली मार्फत सांसदमा चुनिएका मिना यादव सर्लाहीका माओवादी नेता शिव पुजन यादवकी श्रीमती हुन। यादव माओवादी केन्द्रको मधेशी महिला कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी हुन।

Comments
Loading...