अख्तियारद्वारा मलंगवामा भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी अन्तरक्रिया सम्पन्न ।

0 493

सर्लाही-अख्तियार दुरुपयोग अनुसंधान कार्यालय बर्दिबासले बुधबार सर्लाहीको सदरमुकाम मलंगवामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्धन सम्बन्धि जिल्ला स्तरीय अन्तरक्रिया कार्यकक्रम सम्पन्न भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका आयुक्त डा.सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा आयुक्त अमात्यले भ्रष्‍टाचार नियन्त्रणमा महत्वपूर्ण भूमिका स्थानीय तह र सरकारी कार्यालयका प्रमुखहरुको रहेको हुंदा सवैले आ-आफ्नो स्थानबाट सक्दो प्रयास गर्दै सेवा प्रवाह गर्दा नैतिकता, सदाचार र निर्भीकताका साथ आम सेवाग्राहीहरुलाई प्रत्याभूत हुने गरी सुशासन कायम गर्न र प्रचलित ऐन, नियम, कानुन, नियमावली तथा कार्यविधिहरुको पालना गर्न आग्रह गर्नुभयो । पछिल्लो समयमा संघीयताको कार्यान्वयन सँगै स्थानीय तह सँग सम्बन्धित उजुरीको संख्या वृद्धि हुँदै गइरहेकोले भ्रष्‍टाचार नियन्त्रणको लागि कार्यालय प्रमुखहरु बढी जिम्मेवार हुनुपर्ने कुरा उहाँले स्पष्‍ट पार्नुभयो । मलंगवा नगरपालिका वडा न-८ स्थित कुशुम पार्टी प्यालेसमा सम्पन्न भएको कार्यक्रममा सहभागी भएका पालिकाका प्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत लगायत विभिन्न सरकारी कार्यालयका प्रमुखहरुले आ–आफ्नो जिज्ञासा र गुनासो राख्दै सुभाव दिएका थिए । कार्यक्रममा टंगालका सह-सचिव भोला दाहाल,सह-सचिव गोपाल कुमार अधिकारी,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, चारवटै सुरक्षा निकायका प्रमुख र पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो।

Comments
Loading...