आगलागी पीडितलाई बलरा नगरपालिकाको सहयोग

0 742

सर्लाही: बलरा नगरपालिका वडा नं ६, मिर्जापुर दलीत बस्ती का आगलागी पीडितलाई बलरा नगरपालिकाले राहत वितरण गरेको छ। शनिबार बिहान ६ बजेतिर जाडो छल्न् काे लागी लगाइएको आगो ले आगलागी हुँदा स्थानीय जियालाल हजारीकाे घरमा क्षति पुग्नुका साथै नगद तथा अन्नपात नष्ट भएको थियो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार १ घरसहित , धान १० मुरी, कपडा, खाना पकाउने सम्पूर्ण सामग्री, गहुँ, चामललगायत पूर्ण क्षति भएको जानकारी दिए । एता उक्त आगलागी घट्ना काे जानकरी हुन साथ नगर प्रमुख रामा शंकर कुशवाहा घटनास्थलमा पुगी पीडितलाई तत्कालका लागि चामल(५० किलो), दाल (५ किलो),तेल(३ लिटर), बलैकेट, हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतोले रेडियो बन्धनलाई जानकारी दिए । र केही दिन मै भाँडासेट, गैसे , लगायत तिर्पाल समेत हस्तान्तरण गर्ने महतो ले बताउनु भयो।

Comments
Loading...