मलंगवामा सडक अतिक्रमण हटाउन सुरु

0 394

मलंगवा नगरपालिकाले नगरक्षेत्रको सडक अतिक्रमण हटाउन सुरु गरेको छ।मलंगवा नगरपालिकालाई व्यवस्थित शहरका रुपमा विकास गर्नका लागि यो अभियान सुरु गरिएको नगर प्रमुख नागेन्द्र प्रसाद यादवले बताए ।उहाँका अनुसार मलंगवाको श्री मती कृष्ण देवी स्कुल देखी अतिक्रमित संरचना हटाउन थालिएकाेमा यहाँको बालमंदिर चौक,नगरपालिका चौक,भगवती मन्दिर र नेपाल बैंकसम्म अभियान सञ्चालन गरिने भएको छ । नगरपालिकाले सडकपेटी खाली गर्न केही महिना अघिदेखि नै पटक पटक सूचना जारी गर्दै आए पनि स्थानीयवासीले बेवास्ता गरेपछि डोजर चलाउनु परेको नगरप्रमुख नागेन्द्र प्रसाद यादवको भनाइ छ । सडक पेटी र नाला कब्जा गरेर व्यापार गर्न थालेपछि ट्राफिक व्यवस्थापनमा समेत समस्या भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले बताउनुभयो । यो अभियानले नगरको ट्राफिक व्यवस्थापन पनि सुदृढ हुने उहाँको भनाइ छ।

Comments
Loading...