गोडैता मा फागुन ११ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइँदै

0 201

सर्लाही – मंगलवार गोडैता नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन ( एमडीए ) अभियान कार्यक्रम सञ्चालन सम्बन्धी पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ।पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख देवेन्द्र यादव ले नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान सफल पार्न आफूहरू पूर्णरुपमा लागि पर्ने बताए ।उनले आम नागरिकको स्वास्थ्यमा नगरपालिका संवेदनशिल रहेको र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने अभियानलाई सफल पार्न सम्पूर्ण वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सबैलाई आफ्नो ठाउँबाट काम गर्न अनुरोध गरे । यस्तै गोडैता नगरपालिका का उप प्रमुख अन्जना कुशवाहले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई नतिजा देखिनेगरी सञ्चालन गरिने बताए । उनले नगरपालिका का सबै स्वास्थ्यकर्मीहरूलाई गाउँ गाउँमा नतिजा आउने गरी हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानमा सहभागी हुन अनुरोध गरे ।कार्यक्रममा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत रमेश यादवले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान बारे प्रष्ट पारेका थिए। गोडैता नगरपालिका का स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण जन स्वास्थ्य निरीक्षक सुशील कुमार झा ले गरेका थिए । गोडैता नगरपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको गोष्ठीमा नगर प्रमुख÷उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजक,नगरपालिका का विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,जिल्लाका फोकल पर्सन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, आर टी आई साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।नगरपालिकामा फाल्गुन ११गते देखि ५२ हजार ८ सय ५४ जनालाई हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य समेत रहेको स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडित ले बताए

Comments
Loading...