२४ हजार भन्दा बढी जनतालाई हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने कौडेना गाउँपालिकाको लक्ष्य

0 248

सर्लाही – सोमबार कौडेनापालिकामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन ( एमडीए ) अभियान कार्यक्रम सञ्चालन सम्बन्धी पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ।पालिका स्तरीय योजना तथा बहु निकाय गोष्ठी कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख रुपेश कुमारले गाउँपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान सफल पार्न आफूहरू पूर्णरुपमा लागि पर्ने बताए ।उनले आम नागरिकको स्वास्थ्यमा गाउँपालिका संवेदनशिल रहेको र हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्ने अभियानलाई सफल पार्न सम्पूर्ण वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सबैलाई आफ्नो ठाउँबाट काम गर्न अनुरोध गरे । यस्तै कौडेना गाउँपालिका का उप प्रमुख नगिना देवीले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियानलाई नतिजा देखिनेगरी सञ्चालन गरिने बताए । उनले गाउँपालिका का सबै स्वास्थ्यकर्मीहरूलाई गाउँ गाउँमा नतिजा आउने गरी हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियानमा सहभागी हुन अनुरोध गरे ।कार्यक्रममा कौडेना गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत सम्भु प्रसाद यादवले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन ( एमडीए ) अभियान बारे प्रष्ट पारेका थिए। कौडेना गाउँपालिका का स्वास्थ्य शाखा प्रमुख सुरेश यादवको स्वागत मन्तव्यबाट सुरु भएको थियो । कौडेना गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरिएको गोष्ठीमा गाउँपालिका प्रमुख÷उप प्रमुख ,प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजक,गाउँपालिका का विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी,जिल्लाका फोकल पर्सन, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, आर टी आई साथै विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।नगरपालिकामा फाल्गुन ११गते देखि २४ हजार ८ सय ५४ जनालाई हात्तीपाइले रोग विरुद्धको आम औषधि खुवाउने लक्ष्य समेत रहेको स्वास्थ्य शाखा प्रमुख सुरेश यादव ले बताए ।

Comments
Loading...