विद्यालय ,वडा कार्यालय र संग्रामपुर चोकमा सीसी क्यामेरा जडान

0 425

संग्रामपुर – सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरमा विद्यालय, चोक र वडा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।गाउँपालिकाको सहयोगमा सीमावर्ती क्षेत्रस्थित सो स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । सीसी क्यामेरा जडान कार्यको शुक्रबार पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव बिस्पत, वडाध्यक्ष राकेश राम,प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार यादव तथा सूचना प्रविधि अधिकृत लगायतका व्यक्तिहरुले अनुगमन, तथा निरीक्षण गरेका छन् ।पर्सा गाउँपालिका कार्यालयले विद्यालयको सुरक्षा, पढाईको गुणस्तर सुधार, समुदायको सुरक्षा, चोरी नियन्त्रण, दुर्घटना जस्ता अमानविय कार्य नियन्त्रण गर्ने उद्देश्य रहेको जनाएको छ ।

Comments
Loading...