जनतासंग प्रत्यक्ष रुपमा सम्बाद गरि गाउँस्तरीय योजना छनौट गर्दै कौडेनाका गा. पा.अध्यक्ष यादव

0 349

कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादव अहिले आर्थिक वर्ष २०८०/०८१ को गाउँस्तरीय योजना छनौट कार्यमा ब्यस्त छन् ।गाउँपालिकाको हरेक वडाको टोलटोलमा आफै गएर जनतासंग प्रत्यक्ष रुपमा सम्बाद गरि जनताको आवश्यकता अनुसारको योजना छनौट गरिरहेको अध्यक्ष रुपेश कुमार यादव उर्फ (बब्लु यादव)ले बताए । जनताको घरदैलोमा गएर योजना छनौट गर्दा पारदर्शी हुने तथा जनताको चाहना र आवश्यकता अनुसारको योजना छनौट गर्न सहज हुने उनले बताए ।योजना छनौटको क्रममा शुक्रबार कौडेना गाउँपालिकाको जम्मा सातवटा वडा मध्ये वडा नम्बर १,३ र ४ मा योजना छनौटको काम भइसकेको र बाकी रहेको वडामा पनि आइतबारदेखी योजना छनौटको काममा जाने योजना रहेको अध्यक्ष यादवले बताए ।

Comments
Loading...