गोडैतामा जनस्वास्थ्य प्रयोगशाला को उद्घाटन

0 323

नीरज यादव/गोडैता– सर्लाहीको गोडैता नगरपालिकामा जनस्वास्थ्य प्रयोगाशालाको सोमबार उद्घाटन गरिएको छ नगरपालिका र मधेश प्रदेश सरकारको संयुक्त लगानीमा गोडैता नगरपालिका– वार्ड नंबर ७ मा निर्माण भएको जनस्वास्थ्य प्रयोगशाला भवनको नगरपालिकाका मेयर देवेंद्र यादवले उद्घाटन गरेका हुन् । अघिल्लो आर्थिक वर्ष र यो आर्थिक वर्षमा २०–२० लाख गरी कूल ४० लाख रुपैयाँ बजेट खर्चिएर जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको गोडैता नगरपालिकाले जनाएको छ ।प्रयोगाशाला (ल्याब) स्थापना भएपछि नगरपालिका वासीले अब स्थानीय स्तरमै सर्वसुलभ रुपमा ल्याब सेवा पाउने नगरपालिका का मेयर यादवले बताए । प्रयोगशालामा आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था गरी सेवा दिन थालेसँगै सदरमुकाम मलंगवा वा अन्य बजार क्षेत्रमा धाउनु नपर्ने नगरपालिका मेयर यादवको भनाई छ ।प्रयोगाशालाको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, स्वास्थ्य शाखा प्रमुख प्रमोद पंडित, विभिन्न वडाका वडाध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Comments
Loading...