५५ लाखको लागतमा विद्यालय भवन बन्ने

0 516

सर्लाही,७ असार । सर्लाहीको बलरा नगरपालिकामा रहेको सुदामा प्राथमिक विद्यालयमा ५५ लाखको लागतमा विद्यालय भवन निर्माण हुने भएको छ । बिहिबार नगर प्रमुख रामाशंकर कुशवाहाले एक कार्यक्रम बीच विद्यालय भवनको शिलान्यास गरेका छन ।बलरा नगरपालिकाको नगर स्तरीय बजेट अन्तर्गत ५५ लाखको लागतमा प्राथमिक विद्यालय सुदामालाई माध्यमिक स्तरमा स्तोरन्ती गर्न ८ कोठे भवन निर्माण गर्न लागिएको नगर प्रमुख कुशवाहाले बताए ।नगर प्रमुख कुशवाहाले आफुले नगरपालिकाको समग्र विकासा गर्न लागिपर्ने बताए । नगर प्रमुख कुशवाहाले बलरा नगरपालिकाको सम्पुर्ण सामुदायिक विद्यालयको पठनपाठन तथा भौतिक संरचनाको अवस्था सुधार गर्ने बताए । उक्त शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश महतो,वडा न.१० को वडा अध्यक्ष दिनेश प्रसाद कुशवाहा,१ को वडा अध्यक्ष विनोद पटेल लगायत स्थानीयहरुको उपस्थित रहेका थिए ।

Comments
Loading...