प्रशासनको निर्देशन अटेर, बुझाएनन् हातहतियार

0 570

निरज यादव
सर्लाही / जिल्ला प्रशासन कार्यालय सर्लाहीले मङसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै कार्तिक २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन सूचना जारी गरे पनि अझै हतियार बुझाएको छैन ।जिल्ला भरिमा ३३० थान इजाजत प्राप्त हतियार रहे पनि ३८ थान हतियारमात्र बुझाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्‍वर गौतमले तोकेको समयमा सबै हतियार नआएको जानकारी दिए । इजाजत प्राप्त हातहतियार नबुझाएकालाई गृहमन्त्रालयबाट आएको निर्देशन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी गौतमले जनाए ।उनले भने, ‘प्रशासन कार्यालयले कार्तिक २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन पत्र लेखेको थियो । तर यो अवधिमा ३३० हातहतियारमध्ये ३८ थान हतियारमात्र बुझाएको छ, बाँकी ल्याउने विषयमा माथिको निर्देशन बमोजिम गर्नेछौं ।’सूचना जारी गर्दै इजाजत लिई हातहतियार राख्ने व्यक्तिलाई कार्तिक २० गते भित्र आफूसँग रहेको हतियार प्रशासन कार्यालयमा बुझाउन आग्रह गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यायलले गत ६ कार्तिकमा जारी गरेको सूचनामा तोकिएको समयसीमाभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गर्ने उल्लेख छ ।

Comments
Loading...