गोडैतामा १९ औं महिला सामुदायिक स्वास्थ्य स्वंमसेविका दिवस सम्पन्न

0 440

सर्लाही ,गोडैता ।गोडैता नगरपालिकाका प्रमुख देवेन्द्र कुमार यादवको अध्यछता तथा गोडैता नगरपालिका स्वास्थ शाखाको आयोजनामा “महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवर्द्धनमा हाम्रो एक्यवद्धता”भने मूल नाराका साथ १९ औं महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस सोमबार सम्पन्न भएको छ । दिवसकै अवसरमा प्रमुख यादवले गोडैता नगरपालिकाका ९१जना महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई छाता बैग समेत प्रदान गर्नुभएको छ ।कार्यक्रममा बोल्नुहुँदै प्रमुख यादवले नेपालमा बालबालिका र मातृ मृत्यु दर घट्नुमा स्वास्थ्य स्वंयसेविकाहरुको भूमिका उल्लेखनीय भएको बताउनुहुँदै उहाँले महिला स्वास्थ्य स्वंयसेविकाहरुको कदर र मनोबल बढाउने उद्देश्यले यो दिवस मनाउँदै आइरहेको बताउनुभयो । महिला स्वंयसेविकाहरुले महिला, ज्येष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यको क्षेत्रमा घरदैलोमा पुगेर आवश्यक स्वास्थ्य सेवा दिने काम गरिरहेको बताउनुहुँदै प्रमुख यादवले स्वास्थ्य कार्यकर्ताहरुलाई समाजिक र राजनीतिक कार्यकर्ताको रुपमा परिभाषित गर्दै राजनीतिक गतिविधिहरुमा पनि स्वास्थ्य स्वंयसेवकहरुले अभिरुचि पूर्वक चासो राख्नुपर्ने बताउनुभयो ।समाजको निःस्वार्थ रुपमा सेवा गर्नु नै स्वास्थ्य स्वंयसेविकाहरुको कर्तव्य भएको बताउनुहुँदै उहाँले समयको परिपालना, अनुशासन, इमानदारितालाई विशेष ध्यान दिएर आफ्नो कर्तव्य पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।

Comments
Loading...