चक्रघट्टा गाउँपालिकामा यसरी मनाइयो महिला स्वास्थ्य स्वयंसेविका दिवस

0 527

सर्लाही ,चक्रघट्टा। चक्रघट्टा गाउँपालिका का गा.पा.अध्यछ कृष्ण कुमार यादवको अध्यछता तथा चक्रघट्टा गाउँपालिका स्वास्थ शाखाको आयोजनामा महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका दिवस सोमबार सम्पन्न भएको छ ।”महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाको प्रतिबद्धता,स्वास्थ्य प्रवर्द्धनमा हाम्रो एक्यवद्धता” भने मूल नाराका साथ सोमबार १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस चक्रघट्टा गाउँपालिकामा हाजिरजवाफ प्रतियोगीता कार्यक्रम गरि मनाएको हो उक्त हाजिरजवाफ प्रतियोगीता मा चक्रघट्टा गाउँपालिका भित्र रहेका १० वटा स्वास्थ्य सस्थाहरुका स्वयंसेविकाहरुलाई ५ समुह विच प्रतियोगिमा संचालन गरिएको हो।हाजिरजवाफ प्रतियोगीता मा स्वास्थ चौकी औरही समुह प्रथम,स्वास्थ चौकी बेल्ही समुह द्धितिय,र स्वास्थ चौकी पडरीया समुह, तृतिय, भएका थिए ।प्रतियोगितामा प्रथम भएका स्वास्थ चौकी औरही समुहलाइ रु ५००० बराबर को(दैनिक रुपमा उपभोग गर्न सकिने समान) द्धितिय भएका स्वास्थ चौकी बेल्ही समुहलाइ रु ३००० बराबर को (दैनिक रुपमा उपभोग गर्न सकिने समान)र तृतिय भएका स्वास्थ चौकी पडरीया समुहलाइ रु २००० बराबर को (दैनिक रुपमा उपभोग गर्न सकिने समान) प्रदान गरिएको चक्रघट्टा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवले बताए ।समाजको निःस्वार्थ रुपमा सेवा गर्नु नै स्वास्थ्य स्वंयसेविकाहरुको कर्तव्य भएको बताउनुहुँदै उहाँले समयको परिपालना, अनुशासन, इमानदारितालाई विशेष ध्यान दिएर आफ्नो कर्तव्य पालना गर्नुपर्ने समेत यादवले बताउनुभयो ।

Comments
Loading...