हुलाकी सडक निर्माणको माग गर्दै सर्लाहीको ब्रहमपुरीमा चक्काजाम।

0 452

सर्लाही -सर्लाही जिल्ला अनतर्गत हुलाकी सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ । ढिलासुस्तीले गर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्य सडक हुँदा आवतजावतमा समस्या हुने गरेको छ।सर्लाहीको ब्रहमपुरी गाउँपालिकाका युवाहरुले संयुक्त रुपमा हुलाकी राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । तराईको लाईफलाईन मानिएको हुलाकी राजमार्ग निर्माणमा लापरवाही गरेको र जनताको स्वास्थ्यमा खेलवाड गरेको भन्दै स्थानिय युवाहरूले प्रदर्शन समेत गरिरहेका छन्।हुलाकी राजमार्ग समयमै बनाउने भनेर प्रतिवद्धता गर्ने र अलपत्र छाड्ने गरेको कारण नेता र नेतृत्वबाट पटक पटक धोका भएकोले आवातजावतमै रोक लगाउने निर्णय गरेर आफूहरु सडक अबरुद्ध गर्न बाध्य भएको स्थानियले बताउछन्बताउछन्।समयमै बनाउन नसकिएपनि सडकमा नियमित पानी छर्केर धूलो उड्न रोक्ने कार्य समेत नगरेको भन्दै सडकमा उड्ने धुलोका कारण नागरिकको स्वास्थ्यमा नकरात्मक असर परिरहेको बताए । सडक नबन्दा तराईका हजारौं बासिन्दाले यात्रामा कठिनाई भोग्नु परीरहेको बताए । प्रशासनले समेत हुलाकी सडक नबनाउने ठेकेदारलाई कुनै कार्वाही नगरेको भन्दै अब जनताले नै निर्णय गर्ने भन्दै आफूहरु सडक अवरुद्ध गर्न अघि बढेको बताए । उनले तत्काल सडकमा पानी छर्कने काम गरे र सडक छिट्टै बनाउने प्रतिवद्धता भएमात्रै सडक खुलाउने बताए । हुलाकी राजमार्ग नबन्दा स्थानीयले वर्षौदेखि सास्ती भोग्नु परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार अवरोध सडक खुलाउने प्रयास भइरहेको छ । अहिले राजनीतिक दलका नेता, स्थानीय र ठेकादारबीच छलफल भइरहेको छ ।

Comments
Loading...