महिलाको न्यायमा पहुँच परियोजनाद्वारा संचारकर्मिहरु संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

0 388

पुस १३ मलंगवा । LACC (कानुनी सहयोग तथा परामर्श केन्द्र ललितपुर ) को मुख्य साझेदारी तथा जिल्ला साझेदार संस्था दलित महिला अधिकार मन्च नेपाल तथा village community development center हरिपुर को सहयोग तथा UN Women nepal को आयोजनामा एक दिने संचारकर्मिहरुका लागि लैंगिक संवेदनशील रिपोर्टिङ तथा लैंगिक उत्तरदायी न्याय सम्बन्धि अभिमुखिकरण कार्यक्रम मलंगवा को सुजाता होटेलमा सप्पन्न भएको छ ।महिलाको न्यायमा पहुँच परियोजना मधेश प्रदेशको सर्लाही जिल्लाका ६ वटा पालिकामा संचालित छन । बागमती नपा, बरहथवा नपा, हरिपुर्वा नपा, चन्द्रनगर गाउपालिका, ब्रह्मपुरी गाउपालिका र पर्सा गाउपालिका मा महिला तथा सिमान्तकृत उत्तरदायी न्यायमा पहुँच अभिवृद्धि गर्ने मुख्य उद्देश्य को साथ अहिले परियोजना संचालित रहेको राष्ट्रिय परियोजना संयोजक सरस्वती योन्जन ले बताएकी छिन ।अभिमुखिकरण कार्यक्रममा (LACC )कानुनी सहयोग तथा परामर्श केन्द्र ललितपुर को अध्यक्ष अनिता न्योपाने थपलियाले स्थानीय तहमा हुने लैंगिक विभेदता , न्यायिक समिती र त्यसको अधिकार बारे संचारकर्मीहरुको भुमिका सम्बन्धि जानकारी गराउनु भयो । सहभागी सम्पूर्ण संचारकर्मी हरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको पत्रकार महासंघ सर्लाही शाखा का अध्यक्ष टंक बहादुर क्षेत्रीले बताउनु भयो।

Comments
Loading...