हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाइ वडाध्यक्ष द्वारा हातपात, भोलि देखि कामकाज ठप्प

0 381

माघ १२ हरिपुर्वा । कार्यालय सहयोगी को भर्ना बिषय लिएर सर्लाहिको हरिपुर्वा नगरपालिकामा केही दिन देखि जनप्रतिनिधी हरु बिच तनावमय अवस्था बनेको बेला आज हरिपुर्वा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने लाई केही वडाध्यक्षहरुले आज मेयरकै कक्षमा हातपात तथा गाली बेइज्ती गरेको छ ।
हरिपुर्वा नगरपालिका मातहतको कर्मचारिहरुले आज एक प्रेश विग्यप्ती जारी गर्दै प्रमुख प्रशाकिय अधिकृत न्योपाने माथी भएको हातपात तथा दुर्व्याहार कार्य एकदमै निन्दनिय रहेको ले घोर भर्त्सना गरिदै दोषिलाइ तुरन्त कार्वाहिको माग गरेको छन । हरिपुर्वा नगरपालिकामा आज कार्यालय समयमा प्रमुख प्रशासकिय अधिकृत वसन्त न्योपाने नगरप्रमुख बिनोद कुमार साहको कार्यकक्षमा कार्य सम्पादन गरिरहेको बेला लोसपा बाट निर्वाचित वडा नम्वर २ को वडाध्यक्ष दिनेश राय, जसपा बाट निर्वाचित वडा नम्वर ३ को वडाध्यक्ष प्रमोद राय, नेपाली कांग्रेश बाट निर्वाचित वडा नम्बर ४ को वडाध्यक्ष नोखेलाल राय , जसपा बाट निर्वाचित वडा नम्बर ७ को वडाध्यक्ष उमेश राय तथा वडा नम्वर ६ को वडाध्यक्ष राम स्वार्थ राय को उपस्थितिमा जसपा बाट निर्वाचित वडाध्यक्षहरु राम स्वार्थ राय, उमेश राय र प्रमोद रायले कार्यालय सहयोगी भर्नाको बिषय लिएर बिबाद गर्दै प्रमुख प्रशासकिय अधिकृतलाइ हातपात गर्दै गाली बेइजती गरेको भन्दै कर्मचारी हरुले हरिपुर्वा नपाको नगरप्रमुख बिनोद कुमार साहलाई प्रेश बिग्यती बुझाएको छ। दोषी उपर कार्वाही नहुन्जेल सम्म नगरपालिका भित्र रहेको सम्पुर्ण कार्यालायमा आवश्यक कार्य बाहेक सबै कामकाज ठप्प रहने बिग्यपतीमा जनाएको छ।यस बिषयमा हरिपुर्वा नपा ६ मा जसपा बाट निर्वाचित वडाध्यक्ष राम स्वार्थ रायको अनुसार हामिले कार्यालय सहयोगी भर्ना तथा प्रमुख प्रशासकिय अधिकृतले बिदामा बसेको दिन पनि हाजरी राजिस्टरमा हाजिरी गरेको बिषयमा सोधपुछ गर्दा तिमी को हो सोधपुछ गर्ने भनी हामिलाइ नै हप्काएको जनाएको छ । म सहित हाम्रो टोलि ले कुराकानी मात्रै गरेको कुनै किसिमको हातपात र गाली ब्यजती नगरेको वडाध्यक्ष यादबले बताए ।

Comments
Loading...