एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाहीको जिल्ला समन्वय सम्मेलन सम्पन्न

0 318

निरज यादव
एकीकृत अखिल नेपाल शिक्षक संगठन सर्लाहीको ७ औं जिल्ला समन्वय सम्मेलन जिल्लाको सदरमुकाम मलंगवामा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न भएको सम्मेलनले विश्वनाथ रायको अध्यक्षतामा २३ सदस्यीय नयाँ जिल्ला समन्वय समिति चयन गरेको छ। जसको उपाध्यक्षमा लतिन्द्र चौधरी ,सचिवमा वेद प्रकाश गौतम र कोषाध्यक्षमा नागेन्द्र प्रसाद यादव लगायत अन्य सदस्यहरु चयन भएका छन् ।राम विलास रायको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि महासंघका स-अध्यक्ष पुर्ण प्रसाद दवाडीले गरेका थिए।मलंगवा नगरपालिका वडा न-८ स्थित उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार संयोजक रामेश्वर प्रसाद यादव,केन्द्रीय उपाध्यक्ष किरण यादव ,मधेश प्रदेश अध्यक्ष भुप नारायण यादव,नेपाल शिक्षक संघ उपाध्यक्ष रामबाबु राय ,बरहथवा नगरपालिकाका पुर्व मेयर देवानन्द महतो,संघका चक्रघट्टा गाउँपालिका अध्यक्ष विजय यादवसहित जिल्लाभरीका पालिका अध्यक्षहरु,नगर महासंघ अध्यक्षहरु,केन्द्रीय समितिका पदाधिकारीहरु लगायत संघमा आबद्ध शिक्षक,शिक्षिकाहरुको
उपस्थिति रहेको थियो

Comments
Loading...