भूमिहीन सुकुम्बासीलाई जग्गा व्यवस्थापनका लागि बसबरीयामा अन्तरक्रिया

0 278

बसबरीया – सर्लाहीको बसबरीया गाउँपालिकामा शुक्रबार भूमिहिन सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोवासीलाई जग्गा व्यवस्थापनका सम्वन्धमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ ।साउथ एशिया पार्टनरशीप नेपाल (साप–नेपाल) को आयोजनामा भूमिहिन र दलितलाई जग्गा व्यवस्थापनका लागि अन्तरक्रिया गरिएको हो । राष्ट्रिय भूमि अधिकार मंच सर्लाहीकि अध्यक्ष भवानी घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित अन्तरक्रिया कार्यक्रममा बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय,उपाध्यक्ष सरिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत चुनचुन प्रसाद यादव,शिक्षा शाखा अधिकृत रामअश्रे ठाकुर, स्वास्थय शाखा प्रमुख जयलाल सहनी, विभिन्न वडाका वडाध्यक्ष, मुसहर महिलालगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा स्थानीय तहमा भुमिहीन सुकुम्बासीलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा अन्तरक्रिया गरिएको हो । कार्यक्रमलाई भुमी आयोग सेवा केन्द्र चन्द्रनगर गाउँपालिका सेवा केन्द्रका प्रमुख पचुलाल माझीले सहजीकरण गरेका थिए ।कार्यक्रममा सहभागी मनमा देवी माझी,सीता देवी माझी,राधा देवी माझी, सावित्री देवी माझी,शिवकुमारी माझी,फुलवादेवी माझीले हामी ४२ घरधुरीले पुस्तौंदेखि बस्दै आएको नेपाल सरकारको १ बिघा एलानी जग्गाको लालपुर्जा अहिलेसम्म पनि हामीहरुलाई नदिएको गुनासो गरे ।बसबरीया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादवले आफ्नो स्थानीय तहमा तत्काल भुमि आयोग सेवा केन्द्र गठन गरेर स्थानीय मुसहरहरुले पुस्तौंदेखि भोग्दै आएकोका समस्यालाई समाधान गर्ने बताए ।C/P

Comments
Loading...