नक्कली नोटसहित बरहथवाबाट एक जना पक्राउ

0 328

बरहथवा – सर्लाहीको बरहथवाबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।बरहथवा नगरपालिका–१७ कटानीबाट प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ ।अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।यससँगै सर्लाहीमा नक्कली नोटको जालो फैलिँदै गएको प्रहरीले जनाएको छ । विगत तीन महिनायता नक्कली नोटसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।यसअघि तीन महिनाको अवधिमा प्रहरीले १ हजार दरका ६८ हजार नक्कली रुपैयाँसहित ९ जनालाई नियन्त्रणमा लिई काराबाही गरेको थियो । जसमध्ये ६ जना पुर्पक्षका लागि थुनामा छन् भने तीन जना १–१ लाख रुपैयाँ धरौटीमा रिहा भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।उनले तीन महिनायता ३ लाख ३६ हजार नक्कली रुपैयाँसहित २ सय ३७ बण्डल नोट आकारको कागज र कागज काट्ने मेसिन बरामद भएको बताए ।

Comments
Loading...