चक्रघट्टामा प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु। पहिलो खेलमा कर्मचारी टिमको विजयी सुरुवात ।

0 346

चक्रघट्टा-सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बिहीवारदेखि प्रथम अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको पहिलो खेलमा पालिकाको कर्मचारी टिमले वडा नं. ३ सुन्दरपुरलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ । निर्धारित १६ ओभरको खेलमा पालिकाको कर्मचारी टिमलाई वडा नंं ३ लाई २९ रन पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेका कर्मचारी टिमले १५.३ ओभरमा अल आउट हुदैं ७८ रन बनाएका थिए । कर्मचारी टिमका लागि लखिन्द्र यादवले सर्वाधिक १८ र सुनिल ठाकुरले १२ रन बनाएका थिए । वडा नं. ३ का लागि रमेश कुमारले ४ र लभ कुमार दासले २ विकेट लिएका थिए ।७९ रनको लक्ष्य पछ्याउन आएका वडा नं. ३ ले १० ओभरमा अलआउट हुदैं ४९ रन मात्र बनाएका थिए । वडा नं. ३ का लागि मोहम्मद नियाजले सर्वाधिक १६ रन बनाएका थिए । कर्मचारी टिमका लागि राम विकास मण्डलले सर्वाधिक ४ विकेट लिएका थिए ।प्रतियोगिताको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष कृष्ण कुमार यादवले उद्घाटन गरेका छन् ।प्रतियोगितामा ९ वटा वडा र एक कर्मचारीको टिम गरि १० टिमको सहभागिता रहेको छ ।

Comments
Loading...