अन्तराष्ट्रिय – RADIOBANDHAN https://radiobandhan.com Radio Bandhan 99.2 MHz Mon, 27 Jan 2025 09:18:48 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://radiobandhan.com/wp-content/uploads/2020/10/cropped-rt-32x32.jpg अन्तराष्ट्रिय – RADIOBANDHAN https://radiobandhan.com 32 32 दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला पर्‍याे https://radiobandhan.com/670/ https://radiobandhan.com/670/#respond Mon, 27 Jan 2025 09:18:48 +0000 https://radiobandhan.com/?p=670 गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे […]]]>

गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख छ । गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ । गएको हप्ता अधिकारीहरूले देशभरका ७ वटा विमानस्थलमा नेभिगेशनका लागि प्रयोग गरिएका कङ्क्रिट संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए । यसैबीच दक्षिण कोरियाले विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको उड्डयन एजेन्सी, अमेरिका, फ्रान्स र थाइल्यान्डका अधिकारीहरूलाई बुझाएको छ ।रासस

]]>
https://radiobandhan.com/670/feed/ 0
अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो https://radiobandhan.com/661/ https://radiobandhan.com/661/#respond Thu, 23 Jan 2025 09:37:21 +0000 https://radiobandhan.com/?p=661 अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा […]]]>

अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर प्रयास भइरहेको छ यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।रासस

]]>
https://radiobandhan.com/661/feed/ 0