प्रमुख सामाचार – RADIOBANDHAN https://radiobandhan.com Radio Bandhan 99.2 MHz Tue, 07 Jan 2025 17:14:47 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://radiobandhan.com/wp-content/uploads/2020/10/cropped-rt-32x32.jpg प्रमुख सामाचार – RADIOBANDHAN https://radiobandhan.com 32 32 नगर प्रमुख यादवले नगद सहित गरे विभिन्न सामग्री सहयोग https://radiobandhan.com/636/ https://radiobandhan.com/636/#respond Tue, 07 Jan 2025 17:14:47 +0000 https://radiobandhan.com/?p=636 सर्लाही -सर्लाही जिल्लाको गोडैता नगरपालिकामा आगलागीबाट पीडित भएका गङ्गाराम मुखियालाई नगर प्रमुख देवेन्द्र कुमार यादवले राहतस्वरूप सहयोग उपलब्ध गराउनुभएको छ। गोडैता नगरपालिका वडा नं.७ का मुखियाको गोठमा आगलागी हुँदा ६५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। घटनामा पशुचौपाया समेत घाइते भएका छन्। नगर प्रमुख यादवले पीडितलाई तत्काल राहत प्रदान गर्न २ थान त्रिपाल,१ थान कम्बल […]]]>

सर्लाही -सर्लाही जिल्लाको गोडैता नगरपालिकामा आगलागीबाट पीडित भएका गङ्गाराम मुखियालाई नगर प्रमुख देवेन्द्र कुमार यादवले राहतस्वरूप सहयोग उपलब्ध गराउनुभएको छ। गोडैता नगरपालिका वडा नं.७ का मुखियाको गोठमा आगलागी हुँदा ६५ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। घटनामा पशुचौपाया समेत घाइते भएका छन्। नगर प्रमुख यादवले पीडितलाई तत्काल राहत प्रदान गर्न २ थान त्रिपाल,१ थान कम्बल र नगद ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो। आगलागी गाई गोठमा बालेको आगो अचानक सल्किँदा भएको बताइएको छ।मुखियाको गोठमा आगलागीले क्षति पुर्‍याएपछि नगरपालिकाले तात्कालिक सहयोग उपलब्ध गराएको हो।यस सहयोगले पीडित परिवारलाई केही हदसम्म राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।साथै आगलागीको घटनाबाट भविष्यमा यस्ता जोखिमबाट जोगिन सतर्कता अपनाउनुपर्ने आवश्यकता औंल्याइएको छ। स्थानीय तहद्वारा गरिएको यो सहयोगले पीडित परिवारलाई कठिन परिस्थितिमा साहारा दिने उद्देश्य राखेको छ। क्षतिको पूरक विवरण र थप राहतका लागि आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

]]>
https://radiobandhan.com/636/feed/ 0
अढाई वर्षमा गरेका कामको उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक https://radiobandhan.com/632/ https://radiobandhan.com/632/#respond Wed, 25 Dec 2024 09:42:39 +0000 https://radiobandhan.com/?p=632 कविलासी,– सर्लाहीको कविलासी नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।मेयर ब्रहमदेव रायले आफूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगति सार्वजनिक गरेका हुन् । उनले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने, बर्थिङ सेन्टर निर्माण, विभिन्न भित्री सडकको कालोपत्रे तथा ढलान, आवश्यक कर्मचारी नियुक्तिलगायतको महत्वपूर्ण र […]]]>

कविलासी,– सर्लाहीको कविलासी नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।मेयर ब्रहमदेव रायले आफूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगति सार्वजनिक गरेका हुन् । उनले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने, बर्थिङ सेन्टर निर्माण, विभिन्न भित्री सडकको कालोपत्रे तथा ढलान, आवश्यक कर्मचारी नियुक्तिलगायतको महत्वपूर्ण र उपलब्धीमूलक काम भएको दावी गरेका छन् ।उनले २०७९-०८० को बजेटदेखि नगरपालिकाको भवन तयार भइरहेको र आगामी चैतमा सुविधासम्पन्न नगरपालिकाको भवनमा कार्यालय सार्ने तयारी रहेको उल्लेख गरे । उनले मदनपुर, हेमपुरलगायतका स्थानमा ठेकेदारको बद्मासीले सडक कालोपत्रेको काम पूरा गर्न चूनौति भइरहेको गुनासो पोखे ।पत्रकार सम्मेलनमा नगर उपप्रमुख पुनम कर्णले कर्मचारीको अभावमा न्यायीक समितिको काम अघि बढाउन नसकेको दुःखेसो गरिन् । उनले नगरभित्र विकासका काम देखिँदै गएपनि कर्मचारीले उपप्रमुख भएकै कारण आफूसँग कुनै सोधखोज र समन्वय नै नगरेको गुनासो गरेकी छन् ।नगरपालिकाले अढाई वर्षमा गरेका मुख्य–मुख्य उपलब्धी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो, पालिका का सम्पूर्ण कर्मचारी लगायत विभिन्न वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो ।

]]>
https://radiobandhan.com/632/feed/ 0
नगरपालिकाले निर्माण गरेका सटरहरूको भाडा डेढ वर्षदेखि उठाउन सकेन! https://radiobandhan.com/621/ https://radiobandhan.com/621/#respond Sat, 26 Oct 2024 16:23:26 +0000 https://radiobandhan.com/?p=621 सर्लाही-गोडैता नगरपालिकाले गोडैता बजार वार्ड नं ८ मा निर्माण गरेका सटरहरूको भाडा डेढ वर्षदेखि उठाउन असफल भएको छ। यसले नगरपालिकाको आर्थिक प्रणालीमा समस्या उत्पन्न गरेको छ। व्यापारीहरूले सुरुमा धरौटी रकम बुझाए पनि, त्यसपछि नियमित रूपमा भाडा तिरेका छैनन्। जसले गर्दा नगरपालिका आर्थिक घाटामा परेको छ।पालिकाले गोडैता बजारको विकासका लागि सटरहरूको निर्माण गरी स्थानीय व्यापारीहरूलाई भाडामा […]]]>

सर्लाही-गोडैता नगरपालिकाले गोडैता बजार वार्ड नं ८ मा निर्माण गरेका सटरहरूको भाडा डेढ वर्षदेखि उठाउन असफल भएको छ। यसले नगरपालिकाको आर्थिक प्रणालीमा समस्या उत्पन्न गरेको छ। व्यापारीहरूले सुरुमा धरौटी रकम बुझाए पनि, त्यसपछि नियमित रूपमा भाडा तिरेका छैनन्। जसले गर्दा नगरपालिका आर्थिक घाटामा परेको छ।पालिकाले गोडैता बजारको विकासका लागि सटरहरूको निर्माण गरी स्थानीय व्यापारीहरूलाई भाडामा दिएको थियो। नगरपालिकाले यी सटरहरूको भाडाबाट नियमित आय प्राप्त गर्ने अपेक्षा समेत गरेको थियो। तर डेढ वर्षदेखि भाडा संकलन हुन नसक्दा आन्तरिक आय स्रोत ठप्प भएको छ। स्थानीय व्यापारीहरूले सटर लिएर व्यापार सञ्चालन गरिरहेका छन् तर सम्झौताअनुसार भाडा तिर्ने दायित्व पूरा नगरेको देखिएको छ।समस्याको जरो पालिकाका कर्मचारीहरूकै कमजोरीमा रहेको स्थानीय अगुवाहरूको भनाइ छ। उनीहरूले नगरपालिकाका कर्मचारीहरूले व्यापारीहरूसँग भाडा संकलनका लागि कुनै ठोस कदम नचालेर समस्या अझै बढाएको आरोप लगाएका छन्। व्यापारीहरूलाई सम्झौताअनुसार भाडा तिर्न बाध्य पार्न न त कानुनी कारवाही गरिएको छ, न त कुनै प्रशासनिक पहल नै। कर्मचारीहरूको यस किसिमको उदासीनताले नगरपालिकाको आर्थिक व्यवस्थापनमा प्रत्यक्ष असर परिरहेको अगुवाहरूको भनाइ छ।पालिकाले सटरहरू सञ्चालनमा ल्याएपछि, व्यापारीहरूले सुरुमा धरौटी बुझाए पनि, त्यसपछिको भाडा नियमित रूपमा तिर्ने प्रक्रियामा पालिकाले अनुगमन गर्न सकेको छैन। यसले गर्दा पालिकाको आन्तरिक राजस्व सङ्कलनमा कमी आएको छ र विकासका लागि चाहिने स्रोतहरू जुटाउन कठिनाइ भइरहेको छ।यस विषयमा स्थानीय अगुवाहरूले पालिका प्रशासनको गम्भीर आलोचना गरेका छन्। उनीहरूको भनाइ छ कि पालिकाले समयमै भाडा उठाउने प्रभावकारी व्यवस्था गर्न सकेको भए यस्तो अवस्था आउने थिएन। अगुवाहरूले थपे,”पालिका कर्मचारीहरूको लापरवाही र जिम्मेवारी पूरा गर्न नसक्दा आज यो समस्या सिर्जना भएको हो। अब यसलाई तुरुन्त समाधान गर्न आवश्यक छ!नत्र भविष्यमा नगरपालिकाले थप कठिनाइहरूको सामना गर्नुपर्छ।समस्या समाधानका लागि स्थानीय अगुवाहरूले पालिकालाई तत्काल कारवाही गर्न सुझाव दिएका छन्। व्यापारीहरूसँग भाडा सम्बन्धी सम्झौताहरू पुनः कार्यान्वयन गराउन कडा कदम चाल्नु आवश्यक छ। कानुनी प्रक्रिया अगाडि बढाएर व्यापारीहरूलाई भाडा तिर्न बाध्य पार्नु पर्ने र पालिकाको प्रशासनिक प्रणालीलाई चुस्त बनाउनुपर्ने आवश्यकता रहेको स्थानीय अगुवाहरू भनाइ छ।

]]>
https://radiobandhan.com/621/feed/ 0
सामाजिक सञ्जालमा फैलाइएको मिथ्या सूचनाप्रति आपत्ति प्रकट https://radiobandhan.com/617/ https://radiobandhan.com/617/#respond Wed, 23 Oct 2024 17:01:00 +0000 https://radiobandhan.com/?p=617 सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा फैलाइएको मिथ्या सूचनाको विरोध गर्दै आपत्ति जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले बेरुजुको विषयमा केही युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी अनर्गल प्रचार गरेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा जथाभावी ‘स्टाटस’ लेखेर आफ्नो बद्नामी गर्ने प्रयास गरीरहेको र गाउँपालिकाका नागरिकहरूलाई भ्रमित पार्ने काम भएको बताए।महालेखा […]]]>

सर्लाहीको कौडेना गाउँपालिकाले सामाजिक सञ्जालमा फैलाइएको मिथ्या सूचनाको विरोध गर्दै आपत्ति जनाएको छ। आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले बेरुजुको विषयमा केही युवाहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी अनर्गल प्रचार गरेको आरोप लगाए। उनले सामाजिक सञ्जालमा जथाभावी ‘स्टाटस’ लेखेर आफ्नो बद्नामी गर्ने प्रयास गरीरहेको र गाउँपालिकाका नागरिकहरूलाई भ्रमित पार्ने काम भएको बताए।महालेखा परीक्षकको कार्यालयले प्रकाशित गरेको प्रतिवेदनलाई आधार बनाएर युवाहरूको एक समूहले गाउँपालिकाविरुद्ध अफवाह फैलाउने काम गरेको बब्लुले दाबी गरे। उनले भने, आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएदेखि नै कुनै तलब, भत्ता, यातायात सुविधा वा सरकारबाट प्रवाह हुने अन्य कुनै सेवा-सुविधा नलिएको तर सामाजिक सञ्जालमा आफूलाई बद्नाम गराउन अनर्गल प्रचार गरिएको छ।अध्यक्ष रूपेश कुमार (बब्लु)ले गाउँपालिकामा कुनै भ्रष्टाचार नभएको स्पष्ट गर्दै आर्थिक वर्ष २०८०/८१ मा बेरुजु रकम एक करोड २२ लाख मात्र रहेको बताए। उनका अनुसार अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बेरुजु तीन करोड ७५ लाख थियो, तर अहिले यो रकम आधा भन्दा कम रहेको छ।बब्लुले अघिल्लो जनप्रतिनिधिहरूको पालामा सुरु भएका योजनाहरूले अहिलेको बेरुजुमा योगदान पुर्‍याएको बताए। विशेष गरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माणका लागि रकम निकासा गरिएको तर विवादका कारण भवन निर्माण नहुँदा उक्त रकम बेरुजुमा परेको हो। उनले कागजात नपुगेका शिर्षकमा आवश्यक कागजात संकलन गर्ने र असुल गर्नुपर्ने बेरुजु रकम असुलउपरको प्रक्रियामा रहेको उल्लेख गरे।गाउँपालिकाका लेखा प्रमुख हरिनारायण साहले बेरुजुमा देखिएको रकमलाई भ्रष्टाचारको संज्ञा दिन नमिल्ने स्पष्ट पारे। उनले आर्थिक वर्षको अन्तिममा काम भइसकेर पनि कागजात नआउनु, भर्पाई नपुग्नु जस्ता कारणले बेरुजु देखिने गरेको बताए। उनका अनुसार, हाल गाउँपालिकाले ती बेरुजुमा कडाइका साथ कागजात संकलन गरिरहेको छ र जहाँ आवश्यक छ नगदै असुलउपरको प्रक्रिया जारी छ।कौडेनास्थित कृषि तथा पशुपन्छी विकास भवनमा आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाकी उपाध्यक्ष नगीना देवी, प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव राय लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। अध्यक्ष बब्लुले गाउँपालिकामा भइरहेको कामलाई गलत रूपमा प्रस्तुत नगर्न र गलत प्रचारप्रसार गरेर जनतालाई भ्रमित नगर्न समेत आग्रह गरे।

]]>
https://radiobandhan.com/617/feed/ 0
धान थन्क्याउनै नपाइ पानीले डुबायो https://radiobandhan.com/614/ https://radiobandhan.com/614/#respond Sun, 20 Oct 2024 11:06:57 +0000 https://radiobandhan.com/?p=614 सर्लाही । अन्न भण्डार मानिने तराई मधेसका जिल्लामा शनीवार राती परेको बेमौसमी अविरल वर्षाले काट्ने बेला भएको धान डुबाएको छ । किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्क्याउन पाएनन् ।दसैं सकिएलगत्तै धान भित्र्याउन खेत पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । गय राती परेको वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट […]]]>

सर्लाही । अन्न भण्डार मानिने तराई मधेसका जिल्लामा शनीवार राती परेको बेमौसमी अविरल वर्षाले काट्ने बेला भएको धान डुबाएको छ । किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्क्याउन पाएनन् ।दसैं सकिएलगत्तै धान भित्र्याउन खेत पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । गय राती परेको वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् भने काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ । वर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानीसमेत नउठ्ने चिन्ता थपेको छ ।समयमै मल, बीउको असुविधाबीच पनि यस वर्ष नियमित वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ। वर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानीसमेत नउठ्ने चिन्ता थपेको छ। बेमौसमी वर्षाका कारण जिल्लाको सबैजसो क्षेत्रमा धान बालीमा क्षति पुगेको छ।पाकेर काटेको धान पानीमा डुब्दा धानबाट चामल राम्रो नहुने किसानको दुखेसो छ । नियमित वर्षाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएका बेला परेको आकस्मिक पानीले धान बालीमा क्षति पुर्‍याएको छ । किसानले धान काटेर सुकाउन खेतमा राखेका थिए । कतिपयले खेतमै काटेको धान थुपारेर कुन्यु बनाएका थिए । घर आँगनमा पनि काटेको धान थुपारेका थिए । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको किसान बताउँछन् । खेतमा थुपारेको सबै धान भिजेको छ

]]>
https://radiobandhan.com/614/feed/ 0