धान थन्क्याउनै नपाइ पानीले डुबायो

0

सर्लाही । अन्न भण्डार मानिने तराई मधेसका जिल्लामा शनीवार राती परेको बेमौसमी अविरल वर्षाले काट्ने बेला भएको धान डुबाएको छ । किसानले धान काटेर खेतमा सुकाए पनि धान थन्क्याउन पाएनन् ।दसैं सकिएलगत्तै धान भित्र्याउन खेत पसेका किसान बेमौसमी वर्षाले समस्यामा परेका छन् । गय राती परेको वर्षाले खेतमा बाला झुलेर काट्न तयार भएका धानका बोट लडेर पानीमा डुबेका छन् भने काटेर भित्र्याउन ठिक्क पारेको धान खेतमै डुबेको छ । वर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानीसमेत नउठ्ने चिन्ता थपेको छ ।समयमै मल, बीउको असुविधाबीच पनि यस वर्ष नियमित वर्षा भएकाले उत्पादन बढ्ने आसमा रहेका किसानलाई बीउ नै मासिने चिन्ता बढेको छ। वर्षामा डुबान र कटानको समस्या झेल्दै आएका किसानलाई बेमौसमी वर्षाले धान खेतीको लगानीसमेत नउठ्ने चिन्ता थपेको छ। बेमौसमी वर्षाका कारण जिल्लाको सबैजसो क्षेत्रमा धान बालीमा क्षति पुगेको छ।पाकेर काटेको धान पानीमा डुब्दा धानबाट चामल राम्रो नहुने किसानको दुखेसो छ । नियमित वर्षाले यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएका बेला परेको आकस्मिक पानीले धान बालीमा क्षति पुर्‍याएको छ । किसानले धान काटेर सुकाउन खेतमा राखेका थिए । कतिपयले खेतमै काटेको धान थुपारेर कुन्यु बनाएका थिए । घर आँगनमा पनि काटेको धान थुपारेका थिए । खेत र आँगनमा थुपारेको धानसमेत भिजेको किसान बताउँछन् । खेतमा थुपारेको सबै धान भिजेको छ

Partner links from our advertiser:

Leave A Reply

Your email address will not be published.