अढाई वर्षमा गरेका कामको उपलब्धि पत्रकार सम्मेलन गरेर सार्वजनिक
कविलासी,– सर्लाहीको कविलासी नगरपालिकाले अढाई वर्षमा गरेका कामको उपलब्धि आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।मेयर ब्रहमदेव रायले आफूहरु निर्वाचित भएर आएपछि सडक, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधारलगायतका क्षेत्रमा गरेको प्रगति सार्वजनिक गरेका हुन् । उनले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने, बर्थिङ सेन्टर निर्माण, विभिन्न भित्री सडकको कालोपत्रे तथा ढलान, आवश्यक कर्मचारी नियुक्तिलगायतको महत्वपूर्ण र उपलब्धीमूलक काम भएको दावी गरेका छन् ।उनले २०७९-०८० को बजेटदेखि नगरपालिकाको भवन तयार भइरहेको र आगामी चैतमा सुविधासम्पन्न नगरपालिकाको भवनमा कार्यालय सार्ने तयारी रहेको उल्लेख गरे । उनले मदनपुर, हेमपुरलगायतका स्थानमा ठेकेदारको बद्मासीले सडक कालोपत्रेको काम पूरा गर्न चूनौति भइरहेको गुनासो पोखे ।पत्रकार सम्मेलनमा नगर उपप्रमुख पुनम कर्णले कर्मचारीको अभावमा न्यायीक समितिको काम अघि बढाउन नसकेको दुःखेसो गरिन् । उनले नगरभित्र विकासका काम देखिँदै गएपनि कर्मचारीले उपप्रमुख भएकै कारण आफूसँग कुनै सोधखोज र समन्वय नै नगरेको गुनासो गरेकी छन् ।नगरपालिकाले अढाई वर्षमा गरेका मुख्य–मुख्य उपलब्धी सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत राजकिशोर महतो, पालिका का सम्पूर्ण कर्मचारी लगायत विभिन्न वडाका वडाध्यक्षको उपस्थिति रहेको थियो ।
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.