सर्लाहीमा उत्पादित सिमीमा भेटियो अत्यधिक विषादी, खान अयोग्य ठहर

0

सर्लाही: सर्लाही क्षेत्रमा उत्पादन भएको टाटे सिमी तरकारीमा अत्यधिक विषादी भेटिएको छ। केन्द्रीय कृषि प्रयोगशाला अन्तर्गतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालिमाटीले आज एक निकालेको एक रिपोर्टमा यस्तो देखिएको हो।सर्लाहीमा उत्पादित सिमीमा ५५.५११ कार्वमेट र ३०.५४४२ अर्गानोफस्फेट नामक विषादी पाइएको हो।हरिया तरकारीमा अत्यधिक विषादी पाइएपछि प्रयोगशाला एकाले परीक्षण गरेको हो।यस्तै काठमाडौँ, भक्तपुर र ललितपुर क्षेत्रमा उत्पादित तरकारीमा पनि विषादीको मात्रा धेरै भेटिएको पाइएको छ। कालिमाटी तरकारी बजार विकास समितिले दैनिक रूपमा गर्ने परीक्षण रायो, भाजी, जिरी, मार्फा, पाकुचा, टाटे सिमीलगायत तरकारीमा अत्याधिक विषादी भेटिएका हुन्।यसअघि पुस २२ गते पनि भक्तपुरबाट कालिमाटी तरकारी बजार लगिएका रायोको सागमा ९९.३८ प्रतिशत अर्गानोफस्फेट नामक विषादी भेटिएको थियो।

Partner links from our advertiser:

Leave A Reply

Your email address will not be published.