नयाँ मौसमी प्रणाली भित्रिँदै, काठमाण्डाैसहित पूर्वमा पानी नपर्ने
नेपालमा आज बेलुका नयाँ मौसमी प्रणाली भित्रिन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणाली थप सक्रिय हुने यो प्रणालीको असर सुदूरपश्चिम र कर्णाली प्रदेशमा पर्ने सम्भावना रहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । नयाँ प्रणालीले आज राति र भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको उहाँले बताउनुभयो । यो प्रणालीको प्रभावले लुम्बिनी र गण्डकी प्रदेशमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना सामान्यतया नरहेको माैसमविद् मानन्धरले बताउनुभयो । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाण्डाै र पूर्वमा छिटपुट बादल लागे पनि बदली र वर्षाको सम्भावना छैन । नयाँ प्रणाली सक्रिय हुँदा गण्डकीदेखि सुदूरपश्चिमसम्मको तापक्रम घट्न सक्छ । यसपालि माघ पहिलो हप्ता बितिसक्दा पनि धेरैजसो ठाउँमा हिउँदे वर्षा भएको छैन । हिउँदमा भित्रिएका सबैजसो प्रणाली गण्डकी प्रदेश र त्योभन्दा पश्चिममा मात्रै सीमित भएका छन् । पश्चिममा पनि पर्याप्त पानी परेकै छैन । हिउँ नपर्दा सेतै हिउँ हुनुपर्ने माघ महिनामा पनि हिमाल कालै छन् । यस्तै सामान्यतया माघको तेस्रो हप्तादेखि चिसो घट्नुपर्नेमा यसपालि माघको पहिलो हप्ता नै चिसो धेरै घटिसकेको छ । हिउँद सुक्खा हुँदा हिउँदे बालीमा प्रत्यक्ष असरसँगै स्रोतमा पानी घट्ने, डढेलोको जोखिम, वायु प्रदूषणलगायतका समस्याहरू आउने जलवायु विपद् विज्ञ डा. धर्मराज उप्रेतीले बताउनुभयो ।रासस
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.