तराईमा चिसो बढेसँगै जनजीवन प्रभावित
केही दिनदेखि तराईका धेरै ठाउँमा चिसो बढेसँगै जनजीवन प्रभावित हुन थालेको छ । जनकपुर, धनुषा, महोत्तरीलगायतका मध्य तराईका ठाउँमा बाक्लो हुस्सु नहटेपछि चिसो बढ्दै गएको हो । निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पतालमा बिरामीको चाप बढेको छ । गएको सात दिनमा दैनिक एक सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेका अस्पतालतका मेडिकल सुपरिटेन्डेन्ट डा. विकासकुमार साहले बताउनुभयो । चिसोले दमका बिरामी बढेका उहाँले बताउनुभयो । उपचारका लागि आउने बिरामीमा पाँच वर्षमुनिका बालबालिका र ६० वर्षमाथि उमेरका धेरै छन् । बर्दिबास अस्पतालमा पनि बिरामी बढेका छन् । माघ लागेसँगै दैनिक एक सय १० देखि एक सय २५ जनासम्म बिरामी आउने गरेका बर्दिबास अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदीपकुमार ठाकुरले जानकारी दिनुभयो । यहाँ उपचारका लागि आउनेमा महिलाको सङ्ख्या बढी रहेको डा. ठाकुरले बताउनुभयो । गौशाला र दक्षिवर्ती सम्सीमा रहेका प्राथमिक उपचार केन्द्रमा पनि बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ स्वास्थ्य प्रशासक नवलकिशोर साहले जानकारी दिनुभयो ।
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.