अमेरिकाको लस एन्जलस जङ्गलमा फेरि आगो फैलियो : १९ हजार मानिसलाई सुरक्षित ठाउँमा सारियो
अमेरिकाको लस एन्जलसको जङ्गलमा फेरि आगो लागेर फैलिन थालेको छ । आगो फैलिन थालेपछि हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । अहिले आगलागी भएको क्षेत्र शहरबाट ४५ किलोमिटर टाढा छ । कास्टिक ताल नजिकैको पहाडी क्षेत्रमा आगलागी भएको बीबीसीले जनाएको छ । त्यहाँ नजिकै धेरै आवासीय क्षेत्र र विद्यालयहरू छन् । आगलागीले आठ हजार एकडभन्दा बढी क्षेत्र जलेको छ । तीव्र गतिको हावा र सुक्खा झाडीहरूले आगो फैलाउन मद्दत गरिरहेको अग्नि नियन्त्रक अधिकारीले बताएका छन् । आगलागीबाट अहिलेसम्म कुनै पनि घरमा क्षति नभए पनि झण्डै १९ हजार बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । यसअघि एक हप्ताभन्दा लामो समयदेखि लागेको आगो निभाउन अझै दमकल प्रयोग गरेर प्रयास भइरहेको छ यसबाट धेरै मानिसका आलिशान घर ध्वस्त भएका छन् भने २५ जनाको ज्यान गएको छ ।रासस
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.