सर्लाहीमा आज पुनः डम्म हुस्सु र शीतलहर
सर्लाही – सर्लाहीमा आज पुनः बाक्लो हुस्सु लागेर शीतलहर चलिरहेको छ । यहाँ विगत ५ दिनदेखि घाम लाग्न सकेको छैन् । हिजो दिउँसोपख मौसम सफा भई केहीबेर घाम देखा परेको थियो । तर आज पुनः डम्म हुस्सु लागेर चिसो स्याँठ तथा शीतलहर जारी रहेको हो । ५ दिनदेखि घाम लाग्न नसक्दा शिशु, बालबालिका र वृद्धवृद्धाको असाध्य बिजोग भएको छ । चिसोले कठ्याङग्रिएर वृद्ध उमेरका मानिसको मृत्युु हुनेक्रम ग्रामीण भेगमा बढिरहेको स्थानीय वासिन्दाले बताएका छन् । रात दिन एकनाशले बाक्लो हुस्सु र पानी परे झैँ शितलहर चलिरहँदा मानिसलाई घरबाहिर निस्कन नै समस्या परिरहेको छ । चिसोले गर्दा किसानलाई आफूले पालेका चौपाय र पन्छी जोगाउन मुस्किल परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हिजो मात्रै तराई क्षेत्रमा शीतलहर चलेको भनी औपचारिक घोषणा गरेको थियो । तर यहाँ विगत ५ दिनदेखि घाम लाग्न नसकेर असाध्य चिसो बढिरहेको छ ।रासस
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.