दक्षिण कोरियामा दुर्घटनाग्रस्त जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण फेला पर्याे
गएको डिसेम्बरमा दक्षिण कोरियामा दुर्घटनाग्रस्त भएको जेजु एअरको विमानमा चराले ठक्कर दिएको प्रमाण भेटिएको छ । अनुसन्धानकर्ताहरूले जेजु एअरको विमानको दुवै इन्जिनमा बैकल टिल नाम गरेको चराको प्वाँख र रगतका दागहरू भेटिएको बताएका आज प्रकाशित प्रारम्भिक अनुसन्धान प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अब अनुसन्धानकर्ताहरूले विमानमा चरा ठोक्किनुको कारण र धावनमार्गमा रहेको पक्की संरचनाबारे जाँच शुरू गर्ने खबरमा उल्लेख छ । गएको डिसेम्बर २९ मा थाइल्यान्डबाट दक्षिण–पश्चिमको मुआनका लागि उडेको बोइङ ७३७–८०० विमान मुआन विमानस्थलमा अवतरण गर्ने क्रममा ‘नेभेगेशन’ का लागि बनाइएको कङ्क्रिटको संरचनामा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १ सय ७९ जनाको ज्यान गएको थियो भने दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको थियो । यो दक्षिण कोरियाली भूमिमा अहिलेसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना थियो । दुर्घटनापछि यस्ता कङ्क्रिटका संरचनालाई भूमिगत बनाउने वा स्टिल र अन्य निर्माण सामग्रीको प्रयोग गर्नुपर्ने बहस चलेको छ । गएको हप्ता अधिकारीहरूले देशभरका ७ वटा विमानस्थलमा नेभिगेशनका लागि प्रयोग गरिएका कङ्क्रिट संरचना परिवर्तन गर्ने घोषणा गरेका थिए । यसैबीच दक्षिण कोरियाले विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको उड्डयन एजेन्सी, अमेरिका, फ्रान्स र थाइल्यान्डका अधिकारीहरूलाई बुझाएको छ ।रासस
Partner links from our advertiser:
- Real-time DEX charts on mobile & desktop — https://sites.google.com/walletcryptoextension.com/dexscreener-official-site-app/ — official app hub.
- All official installers for DEX Screener — https://sites.google.com/mywalletcryptous.com/dexscreener-apps-official/ — downloads for every device.
- Live markets, pairs, and alerts — https://sites.google.com/mywalletcryptous.com/dexscreener-official-site/ — DEX Screener’s main portal.
- Solana wallet with staking & NFTs — https://sites.google.com/mywalletcryptous.com/solflare-wallet/ — Solflare overview and setup.
- Cosmos IBC power-user wallet — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet/ — Keplr features and guides.
- Keplr in your browser — https://sites.google.com/mywalletcryptous.com/keplr-wallet-extension/ — quick installs and tips.
- Exchange-linked multi-chain storage — https://sites.google.com/mywalletcryptous.com/bybit-wallet — Bybit Wallet info.