विजय लघुवित्त वितिय संस्था द्वारा आज एक दिने साक्षरता कार्यक्रम सम्पन

0

विजय लघुवित्त वितिय संस्था लि. को एक दिने साक्षरता कार्यक्रम साखा कार्यालय सिसौटियाको आयोजनामा सम्पन भएको छ। लघुवित्त वित्तिय संस्थाका केन्द्रिय प्रतिनिधि तथाधुलिखेलका अनुगमन अधिकृत श्री ज्ञानु परियारको अध्यक्षता तथा वार्ड न. ६ को वार्ड अध्यक्ष नन्द किशोर राय को प्रमुख अतिथिकतामा सम्पन्न भएको छ। सहभागीहरुलाई प्रशिक्षण गर्दै विजय लघुवित्तका केन्द्रीय प्रतिनिधि तथा अनुगमन अधिकृत ज्ञानु परियारले बचतको महत्व, कर्जाको प्रभावकारी उपयोग, वित्तीय योजना र लगानीका अवसरहरूका साथै डिजिटल भुक्तानी प्रणालीको उपयोगबारे जानकारी गराएका थिए।
ज्ञानू परियारले वित्तीय अनुशासन र जोखिम व्यवस्थापनका उपायहरूबारे विस्तृत रूपमा चर्चा गर्दै, सहभागिहरूलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्नु भएको थियो। सहभागीहरूले तालिम अत्यन्तै उपयोगी रहेको प्रतिक्रिया दिंदै, प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिवद्धता जनाएका छन्। कार्यक्रम माथि प्रकाश पार्दै विजय लघुवित्त सिसौटिया शाखाका प्रमुख अमिनिश कुमार सिंह यस्ता तालिमले सामुदायिक वित्तीय साक्षरतामा सुधार ल्याउन र आर्थिक समृद्धिमा योगदान दिन मद्दत पुग्ने विश्वासको साथ गरिएको बताए । तालिममा स्थानीय समुदायका सदस्य, महिला उद्यमीहरू सहभागी भएका थिए।
कार्यक्रममा विष्णु गाउँपालिका वार्ड नं ६ को वार्ड नन्द किशोर राय , पत्रकार शिवनाथ कुशवाहा निरज यादव, प्रहरी लगायत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन शाखाका प्रमुख अमिनिश कुमार सिंह ले गरेका थिए।

Partner links from our advertiser:

Leave A Reply

Your email address will not be published.